नागरिक पोष्ट News


तथ्यमा आधारित जनवकालत विषयक ३ दिने गोष्ठी धुलिखेलमा

4.1K

२१ पुष २०७६ शर्मिला विश्वकर्मा,

धुलिखेल ELCA / LWF को आयोजना तथा दलित महिला केन्द्र नेपाल, (CDWN), GDF, LARC / DWA को सहकार्यमा दलित समुदायको तथ्यमा आधारित जनवकालत विषयक ३ दिने गोष्ठी काभ्रे जिल्ला स्थीत धुलिखेलको भिलेज रिर्सोटमा भैरहेको छ । सो गोष्ठीको पहिलो दिन पुष २० गते देखि २२ गते सम्म आयोजना गरिने ३ दिने गोष्ठीको पहिलो दिन दलित महिला केन्द नेपालकी अध्यक्ष गौरा नेपालीले यो कार्यशाला गोष्ठीले आगामी दिनमा दलित समुदायका व्यक्तिहरुका सवालहरुलाई हरेक निकायमा समावेश गर्न र विभिन्न विभेदहरुको अन्त्य गर्नको लागि सहयोग हुने बताउनु भयो ।

त्यसै गरी उक्त संस्थाका निर्देशक तेजेन्द्र लामाले दलित समुदायका सवालहरुलाई कसरी अगाडि बढाउन सकिन्छ र सोही अनुसार काम गर्नको लागि यो कार्यशालाको आयोजना गरिएको बताउनु भयो । सो कार्यशाला गोष्ठीको पहिलो दिन पुष २० गते दलित अभियान्त तथा अधिकारकर्मी भक्त विश्वकर्माले नेपालको दलित नागरिक समाज, भूमिका, चुनौती र आगामी कार्यभार विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्य पत्रमा उहाँले नेपालका दलित नागरिक अभियान, आन्दोलनको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यसै गरी मुक्ति समाज नेपालका महासचिव गणेश विश्वकर्माले दलित अधिकार आन्दोलनको समिक्षा, उपलब्धी, चुनौती र भावी रणनीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यशालाको पहिलो दिन ४ वटा समुह विभाजन गरी नेपाली दलित आन्दोलनका उपलब्धी, कमीकमजोरी र चुनौतीहरु, दलित आन्दोलनका अवसरहरु, आगामी रणनीतिहरु, दलित आन्दोलनका मोडेलहरुका विषयमा छलफल गरी बुँदा टिपोट गरी प्रस्तुत गरिएको छ । सो कार्यशाला गोष्ठी यही पुष २२ गते सम्म धुलिखेलमा हुने छ ।

Must View