हिउले ढाकिएको खप्तड - फोटो फिचर सहित
धनगढी, १९ पुस । खप्तड प्रकृतिको अनुपम उपहार हो ।
सुदूरपश्चिम प्रदेशका चार वटा पहाडी जिल्ला डोटी, बझाङ, बाजुरा र अछामको सीमामा पर्ने खप्तडलाई भूस्वर्ग पनि भनिन्छ । खप्तड बाबाले यही बसेर बिचार बिज्ञान, भौतिक बिज्ञान लगायत दर्जनौ मानवोपयोगी कृतिहरु लेखेका थिए ।
यत्तिको सुन्दर, रमणीय र मनमोहक पर्यटकीय गन्तव्य बिरैलै छन् । खप्तड बाह्रै महिना घुम्न सकिन्छ । हिउले ढाकिदाको खप्तड कम्ति मनमोहक हुदैन । दुई दिनअघि भएको हिमपातपछि खप्तड पुरै सेतो भएको छ । कोणधारी बृक्षहरु हिउ फुल जस्ता देखिन्छन ।
चारैतिर आँखाले हेरिञ्जुल हिउ नै हिउ । पाटनहरु हिउले ढाकिएका छन् । खप्तड मुख्यालयमा रहेको सेनाको व्यारेक पनि हिउले ढाकिएका छन् । विदेशमा हिउ नै पर्यटकलाई आकर्षण गर्ने माध्यम बन्छ । तर खप्तडको हिउ भने सामाजिक सञ्जालमा सिमित छ ।
खप्तड जोड्ने सडक, यातायातको भरपर्दो व्यवस्था, खानपिनको उचित प्रबन्ध भएको भए खप्तडमा वर्षेनी हजारौ पर्यटक भित्रिने निश्चित रहेको सुदूरपश्चिम प्रदेश होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक खड्का बताउछन ।
यसका लागि सबैको पहलकदमी आवश्यक रहेको खडकाको भनाई छ । ।
From: Paschim Today