नागरिक पोष्ट News


सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको रु ७५ हजार ५००

2.2K

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्ने बित्तिकै एक हजारले वृद्धिभई तोलामा रु ७५ हजार ५०० कायम भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा रु ७५ हजार २०० कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य रु ७४ हजार २०० थियो । चाँदीको मूल्य भने प्रतितोला रु ९०० मा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मुल्य रु ९०० नै थियो ।

यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको थियो । आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला रु चार हजारले वृद्धि भएको छ । पुस १ गते  प्रतितोला रु ८५० मा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा रु ५० ले वृद्धि भएको छ ।

Must View