नागरिक पोष्ट News


गरुड पुराण – दैनिक यी पाँच काम गर्नुस्, मिल्नेछ सफलता

3.3K

हिन्दू धर्मग्रन्थमा मानव जीवनलाई सहज बनाउन तथा नित्य कर्मका विषयमा जानकारी दिइएको पाइन्छ । जसअन्तर्गत आज हामीले गरुड पुराणमा भएका केही कुराहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।गरुड पुराणमा मानिसले बिहान उठ्नासाथ निम्न ५ कुरामा ध्यान दिन सुझाएको पाइन्छ । गरुड पुराणमा एक श्लोक छ, जसमा मानिसले नित्य गर्नुपर्ने कामको बारेमा बताइएको छ ।

स्नानं दानं होमं स्वाध्यायो देवतार्तनम् । यस्मिन् दिने न सेव्यन्ते स वृथा दिवसो नृणाम् ।।

स्नान अर्थात नुहाउनु

गरुड पुराणले मानिसले नित्य स्नान गर्न अर्थात नुहाउन भनिएको छ । दिनको शुरुवातमा स्नान गर्नु धार्मिक पुराणका अनुसार अनिवार्य छ । स्नान गरेपछि मात्र मानिसको शरीर पवित्र हुने तथा यसले दिनभर राम्रो ऊर्जा संचार गर्ने बताइएको छ ।

दान गर्नु

कैयौं धार्मिक ग्रन्थ तथा पुराणमा दान गर्नु महत्वपुर्ण हुने बताईएको छ । हरेक ब्यक्तिले आफ्नो श्रद्धा अनुसार गच्छे अनुसारको केही वस्तु दैनिक दान गर्नुपर्ने पुराणमा उल्लेख छ । यसो गर्नाले देविदेवता प्रसन्न भई सदा धनधान्यले भरीपुर्ण हुने तथा इश्वर कृपा हुने बताइएको छ ।

हवन गर्नु वा दियो बाल्नु

घरमा सुख शान्तिका लागी गरुड पुराणमा हरेक मानिसले दिनचर्याको कुनै एक अवधिमा हवन गर्नुपर्ने वा हवन कार्यमा सहभागि वा सरिक हुनुपर्ने उल्लेख छ । यदि दैनिक हवन गर्न नसकिएमा भगवानका नाममा मन्दिर, पुजाकोठा वा तुलसिको मठमा दियो बाल्नु पर्ने बताइर्एको छ ।

जप

हिन्दु मान्यता अनुसार दैनिक श्रद्धा तथा भक्तिपुर्वक विश्वासका साथ जाप गर्नुपर्ने बताइएको छ । गरुड पुराणमा पनि मानिसले दैनिक दिनचर्यामा जप गर्नुपर्ने लेखिएको छ । शास्त्र अनुसार जप गर्नु मनुष्य जिवनका लागी निकै लाभदायक मानिएको छ । यसले शुभ फल दिने बताइएको छ ।

देवपूजन

गरुण पुराणले दैनिक स्नान पछि भगवानको पुजाआराधना गर्नुपर्ने बताएको छ । पुरणमा पूजापछि भगवानलाई भोग लगाउनु पर्ने तथा नित्य भगवानको महिमा गान गर्नुपर्ने उल्लेख छ । यसरी नित्य गरीने पुजाले घरपरिवारमा भगवानको कृपा रहने तथा परीवारमा कुनै संकट नआउने विश्वास गरिन्छ ।

Must View