नागरिक पोष्ट News


अमेरिकी मोडल काइलीको पन्जाबी डान्स

2.3K

मोडलिङको दुनियाँका नाम कमाएकी अमेरिकी मोडल काइली जेनर इन्स्टाग्राम पोस्ट्समा दिलजित लगातार कमेन्ट गर्छन्। यस कारण उनको पोस्ट् भारतीयबीच धेरै प्रख्यात छ। गायकबाट अभिनेता बनेका दिलजितको अघिल्लो वर्ष ‘काइली प्लस करिना’ बोलको गीत रिलिज भएको थियो। यसमा काइली र करिना कपुर खानका लागि उनको प्रेमका बारेमा उल्लेख थियो।

अहिले इन्टरनेटमा काइलीको एउटा भिडियो भाइरल भइरहेको छ। यो हेरेपछि दिलजित निकै खुसी भएका छन्। भिडियोमा काइली नयाँ वर्षको पार्टीमा डान्स गरिरहेकी देखिन्छिन्। भिडियोमा उनी चर्चित पन्जाबी ट्र्याक ‘मुन्डियाँ तो बच के रही’ मा डान्स गरिरहेकी छन्। यो ट्र्याक पूरै भारतमा र दुई दशकदेखि भारतीयबीच चर्चित छ।

Must View