श्रीमतीले साढे चार करोड लुकाउदा उपसचिव ढुंगानालाई जेल
काठमाडौं : भ्रष्टाचार गरेको रकम आफ्नी श्रीमती मधु कोइराला (ढंगाना)को नाममा राख्दै आएका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरी कमाएको ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँ जफत गर्ने मागदाबीसहित आयोगले ढुंगाना र उनकी श्रीमती मधुसहित आरोप पत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०४९ देखि २०७५ सम्म आर्जन गरेको ७९ लाख ५४ हजा ७ सय ९५ को तुलनामा सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख तीन हजार ३ सय ५६ रुपैयाँ देखिएको र निजले गरेको खर्च तथा लगानी ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँको स्रोत खुल्न नआएका हुँदा उपसचिव ढुंगाना र उनकी श्रीमती मधुलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
The Nepal Top Bata