अझै केही दिन वर्षा र हिमपात हुने, चिसोबाट जोगिन मौसमविद्को सुझाव
1.8K
मौसमविद् गंगा नगरकोटी अझै केही दिन हिमपात र वर्षाको सम्भावना रहेको बताइन् । नगरकोटीका अनुसार सामान्यतया देशैभरि बदलीकै अवस्था छ । देशैभरीको कुरा गर्नुपर्दा हिजोबाट न्यूनतम तापक्रम बढिरहेको थियो । हिजोबाट न्यूनतम तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । शीत लहर सबैतिर छैन । तर, तराइका मध्य र पश्चिमी भेकमा हुस्सु र कुहिरो लागिरहेको छ । हिमपातको सम्भावना अभैm देखिन्छ । गत सालभन्दा अलिकति बढिनै भएको छ । छिट्टै मौसम सफा हुन धेरै गाह्रो छ, देशैभर वर्षा, हिमपात र ठण्डाको प्रकोप केही बढेको जान्छ ।