नागरिक पोष्ट News


पोलेको मकै खानुका फाइदै फाइदा : . बच्चाहरूको लागि पोलेको मकै धेरै नै फाइदाजनक

2.5K
पोलेको मकै मन पर्छ ? 

 तपाईहरुलाई थाहा नहुन सक्छ पोलेको मकै खादा मिठो मात्र नभई यस्ले मानव शरिरमा धेरै फाइदा पनि गर्छ । पोलेको मकैका केही फाइदाहरु

१.पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो । २. पोलेको मकै खानाले दाँत बलियो हुन्छ । ३. मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा र्पुयाउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ । ४. पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बढ्दो क्यान्सरसँग लड्न पनि मद्दत गर्छ । ५. बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ । त्यसैले पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ ।

Must View