खोई त तेरो जिन्दगी ? आफ्नै जिन्दगीले बारबार प्रश्न गर्न थाले छ !
- साधन बस्नेत
आज भोलि आफ्नै जिन्दगीले बारबार प्रश्न गर्न थालेको छ । खोई त तेरो जिन्दगी ?
चार वर्षको उमेर देखि हतार हुन थालेको तिसौं वसन्त पार गर्दासम्म त्यसले गति बढाएको बढै छ । कहाँनेर पुगेर अल्पविराम लाग्ने हो पत्तै छैन । चार वर्षको त्यो कलिलो मस्तिष्कमा आमा र बुबाले छिटो भात खा विद्यालय जान ढिलो हुन्छ भनेको सुन्दै हुर्कियो कति दिन त भन्दा भन्दै पनि ढिला भइयो होला । विस्तारै विद्यालय त सकियो तर त्यो हतार आज पनि जिवितै छ । पल पल तर्साइरहेको हुन्छ ढिलाले ।
कहिले काहि लाग्छ यो घडी किन बनाए होला पेटर हेन्लीन ले । घडी नहुदो हो त यति धेरै हतार त हुने थिएन होला नि । फेरी सोच्छु यदि घडी नबनाइएको हुन्थयो भने संसार यति विकसित कहाँ बाट हुन्थ्यो ।
यो दौडधूपको जिन्दगी उफ कहिले काही सोच्दछु यो रात रातै भैदिराखोस बिहान नै नहोस् तर मैले सोचे जस्तो कहाँ हुन्थ्यो र झन् त्यो रात आफै दश फेर उठेर घडी हेर्छु कतै बिहानी मलाई पत्तै नदिइ उठिदिन्छकी भनेर ।। “दुई दिनको जिन्दगी मरीलानु के छ र “ भन्नलाई कति सजिलो छ , दुई दिन बाँच्न त यति कष्ट गर्नुपर्छ यहाँ चार दिन भएको भए कस्तो हुन्थ्यो होला सोच्दा पनि कहालि लाग्छ ।
हिजो विद्यालय हतार गर्दै बिते आज अर्काको कामको लागी हतार गर्दै वित्दैछन् । आखिर आफ्नो जिन्दगी कहिले जिउने खोइ ।।
हिजो विद्यालयमा गुरुगुरुआमासंग डर लागेर खुलेर मनलागेको काम गर्न सकिएन अलि ठूलो भइयो बुबाआमाको डरले मनलाग्दी गर्न सकिएन त्यो भन्दा अलि ठूलो भइयो समाजले के भन्ला भन्ने डरले मन मार्नु पर्याे ।।
अब त आफ्नो जिन्दगीले आफैलाई थिचिरहेको जस्तो लाग्छ । बिवाह नगरुन्जेल विवाह गर्न ढिला भयो भनेर विवाह गर्ने व्यक्तिलाई भन्दा भतेर खानेलाई हतार भइरहोको हुन्छ । विवाह भयो बालबच्चा किन नजन्माको भन्ने प्रश्नको ओइरो कतिन उनिहरु स्याहार सुसार गर्न तयार भएर बसिदिएको जस्तो ।
आजकल त सोच्दछु साँच्चै म ढिलो नै भईसके हेर्नुस् त चौंतिस वर्षको उमेरमा नै सन्ना मिरिल मारिन फिनल्यान्डको प्रधानमन्त्री बनिन । आफु भने राजनितिको र पनि जान्दीन । सबै स्कुले साथीहरु विदेशका ठूलठुला समुन्द्रको किनारामा बसेर अनुहार पुस्तिकामा आफ्ना रहरलाग्दा जिउदाल देखाइरहँदा आफु भने आफ्नै देशको एउटा नहरमा नुहाउन पनि सकेको छैन ।
आजकाल त बारबार जिन्दगीले घच्घचाईरहन्छ र भन्दैछ “म पनि छु है तँ सँगै मलाई पनि एकपल्ट हेर, म कस्तो भैइसके, ममा रहरहरु मर्दै गइसके, ममा जागरहरु हराउँदै छन् ,मेरा इच्छा आकाङक्षा विलाउँदै छन् फेरी त ढिला हुदै छस् मलाई जिउनमा ।। तँ अरुकै लागी बनेको हो ? खोई त तेरो आफ्नो जिन्दगी ??
अब त आफैलाई प्रश्न गर्न मन लाग्छ आखिर खोई त मेरो जिन्दगी ??