नागरिक पोष्ट News


जम्मू–कश्मीरको चिसो नेपाल छिर्दै, वर्षा र हिमपातको सम्भावना, चिसोबाट जोगिन मौसविद्को आग्रह

2.7K

जल तथा मौसम विज्ञान विभाग ले पश्चिमी वायुको प्रभावका काररण हिमपात र वर्षाको सम्भावना रहेको बताएको छ। उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनेछ । पश्चिमी क्षेत्रमा बुधबार राति वर्षा हुनेछ । 

पूर्वमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । काठमाडौंदेखि पश्चिममा न्यून बदलीको अवस्था रहेको छ । पश्चिमी न्यून चापिय प्रणाली सक्रिय रहेको छ । केही समयमात्र घाम लागे पनि अधिकांश समय बादल नै लाग्नेछ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिने क्रममा महाशाखाले मौसममा आउने बदलीसंगै चिसो रही रहने हुनाले, चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ । 

काठमाडौं उपत्यकामा मंगलबार बिहान ६ बजेको तापक्रम १.६ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।सोमबारको न्यूनतम तापक्रम १.२ डिग्री रहेको थियो । अधिकतम तापक्रम १८ डिग्री थियो । 

Must View