नागरिक पोष्ट News


हेमबहादुर मल्ल सम्मान कार्यक्रम: कुलमान घिसिङ र डा. सन्दुक रुइत नगद २ लाखसहित सम्मानित

2.9K

उपराष्ट्रपतिबाट सम्मान गरिएको कार्यक्रममा २०७३ को पुरस्कार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र २०७४ बाट तिलगंगा आँखा अस्पतालका डाक्टर डा. सन्दुक रुइत नगद २ लाखसहित सम्मानित भएका छन् ।

हेमबहादुर मल्ल सम्मान कार्यक्रम २०७३–७४ सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ कप्रोरेशनका पूर्व संस्थापक स्व. हेमबहादुर मल्ल एक कुशल प्रशासक एवं व्यवस्थापक हुन । साल्ट ट्र्ेडिङमा करिव २५ वर्ष महाप्रबन्धक भएर काम गरेका थिए । टोटल पुँजी दस साखबाट कारोवार सुरु भएको साल्ट ट्रेडिङलाई आज अरबौं अरबमा पु¥याउने काम हेमबहादुर मल्लले गरेका थिए । उनै हेमबहादुर मल्लको नाममा २०५९ सालबाट सम्मान कार्यक्रम हुँदै आएको छ । कार्यक्रमको आयोजक नेपाल जनप्रशासन संघले गर्दै आएको छ भने सहकार्य र आर्थिक सहयोग साल्ट ट्र्डिङ कप्रोरेशनले गरिरहेको छ । एक लाखबाट सुरु भएको सम्मान अहिले २ लाख नगद पुगिसकेको छ ।

Image result for हेमबहादुर मल्ल सम्मान  कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित

Must View