भ्रमण वर्ष २०२० को गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्ने टेवा पु-याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको हो ।
गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत रुपमा चर्चा गरिएको छ । नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपालीजनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।
गीतकार उरारा सलिन कार्किको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन् ।
गीतमा गायक आनन्द कार्किको मीठो आवाजमा सुन्न सकिनेछ । गीतलाई राज लामिछानेले अनुवाद् गरेका हुन । गीतको भिडियोमा उदय बिक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ ।
भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको छ । भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ ।