नेपाल भ्रमण वर्ष 2020: २० लाख पर्यटक भित्र्याउने घोषणा
नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने नेपालले घोषणा गरेको छ । विश्वका कतिपय पर्यटक गन्तव्य भनी भएका मुलुकका तुलनामा नेपाल निकै सुन्दर र मनोरञ्जन पर्यटक गन्तव्यका रुपमा परिचित छ । भ्रमणका लागि आएका पर्यटकलाई प्रवेश विन्दुमै नेपालीको मौलिक पहिचान बिर्साउने गरी लाभहानिका आधारमा गरिने व्यवहार सच्याउँदै पाहुना आकर्षित हुने गतिविधि र आतिथ्यता प्रदान गर्न आवश्यक देखिएको छ । यद्यपि, नेपाल भ्रमणमा आउने पाहुनाको आतिथ्य सत्कारसँग सम्बन्धित विषयमा तालीम र प्रशिक्षणको कामलाई तीव्र तुल्याइएको छ ।
नेपाल सहासिक पर्यटनका रुपमा मात्र होइन, पर्यापर्यटन, वन्यजन्तु, धार्मिक, सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण गन्तव्य मानिन्छ । नेपाल भ्रमण वर्षलाई भव्यरुपमा सम्पन्न गर्ने सन्दर्भमा सरकारले उद्घाटन समारोहमा विश्वका १५ भन्दा बढी मुलुकका सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ । भर्खरै दक्षिण एशियाली खेलकुदको सफल आयोजना गरिएको दशरथ रङ्गशालामा हुने उद्घाटन समारोहमार्फत नेपाल भ्रमण वर्षको सन्देश विश्वभर पु¥याउने तयारी गरिएको छ । विश्वमा पर्यटन छिटो प्रवद्र्धन हुने मुलुकको सूचीमा नेपाल पर्दछ ।