रामकृष्ण ढकालको डिभोर्सको रहस्य, ऋणमा फसेपछि सम्पत्ति जोगाउन डिभोर्सको नाटक मात्र
6.3K
औपचारिक डिभोर्स भएपनि रामकृष्ण ढकाल र निलम शाह सँगै एउटै घरमा बस्दै आएको रहस्य खुलेको छ । ढकाल केही समययता ऋणमा डुबेका थिए । ऋणबाट बच्न उनले डिभोर्स गरेर सम्पत्ति जोगाउन खोजेको हुनसक्ने देखिएको छ ।
घर पत्नी निलम शाहको नाममा छ । ऋण ढकालको नाममा छ । निलमले सम्पत्ति नलिई सम्बन्ध बिच्छेद गरेकी छिन् ।
ढकालले आफू विदेश जान नचाहेको र पत्नीले जाने इच्छा गरेको विषय समेत सम्बन्ध बिच्छेदको कारण भनेका छन् । यसबाट उनले आफूलाई राष्ट्रवादी देखाएर लोकप्रीयता बटुल्न खोजेका छन् ।