नागरिक पोष्ट News


सचेत रहौं ! जाडोमा बिहानै चिसो पानी पिउदा हृदयाघातको खतरा, मर्निङ वाक जानेहरूमा हृदयाघात धेरै

5.1K

चिसोमा स्वास्थ्यमा समेत गम्भीर खालका समस्या देखिने गर्छ।  चिकित्सकका अनुसार गर्मी भन्दा चिसो मौसममा विभिन्न खालका शारीरिक समस्या देखिने गर्छ। अझ यो मौसममा धेरै निमोनिया, रुघाखोकी  र मुटु सम्बन्धी समस्या हुने गरेको छ।  जाडोमा धेरै किन देखिन्छ मुटुमा समस्या? बरिष्ठ मुटुरोग बिशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार चिसोको कारण शरिरको रक्तनली साघुरिँदा रक्तप्रवाह मन्द हुन्छ जसले गर्दा मुटुमा समस्या देखिन्छ। ‘अन्य बेलाको तुलनामा चिसो मौसममा हाम्रो हार्मोनहरुको स्तर बढ्छ।

यसले शरीरलाई चिसोबाट जोगाउने तथा छालालाई खुम्च्याउने गर्छ, जसलाई क्याटोकल एमोन भनिन्छ।' अनिल भन्छन्  'यस्ता हर्मोनहरुमा  शरिरलाई जोगाउँने भए पनि रगतको बाक्लोपना,रगत जमाउने तत्वहरु बढी हुन्छ  चिल्लो पदार्थ बढ्नु रगतको नलि साँघुरो हुने, हृदयघातको जोखिमलाई भने बढाउँछ जसले गर्दा चिसो मौसममा हृदयाघातको जोखिम धेरै हुन्छ।' मोटोपन भएकाहरू उच्च जोखिममा यस्तै डा अनिलका अनुसार चिसो  मौसममा रक्तनलीहरू खुम्चन्छन्। खानामा धेरै रुचि हुने हुन्छ, यसले शरीरमा मोटोपना र आलस्यसमेत बढाउँदै लैजान्छ। खानाले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ, जसको प्रत्यक्ष असर मुटुमा पर्ने हुँदा हृदयाघातको सम्भावना बढ्ने गर्छ। 

चिसोको कारण शरीरमा रक्तसञ्चार कमजोर हुन्छ र हृदयाघात हुने उनकाे भनाइ छ। 'सामान्य छाती दुख्यो, श्वास फेर्न गाह्रो भो भने चिसोको कारण हो, यो हृदयाघातको लक्षण पनि हो भनेर थाहा नपाउँदा धेरैले यो मौसममा हृदयाघातको कारण ज्यान गुमाइरहेका हुन्छन्। उनले भने 'चिसो मौसममा नियमित मर्निङ वाक जानेहरूमा पनि हृदयाघातको संभावना धेरै हुन्छ।'

चिसोको मौसममा धेरै छाती गह्रौं भएर आयो, बारम्बार हातखुट्टा झम्झमायो भने सतर्क रहनु पर्ने हुन्छ। सकेसम्म बिहान घरबाहिर ननिस्कने। चिसो हावा लागेको बेला खुला स्थानमा ननिस्कने। धुम्रपान नगर्ने। चुरोट तान्दा धुवाँसँगै चिसो हावा पनि भित्र जाने हुँदा यसले सोझै मुटुमा असर गर्नसक्छ। त्यसले हृदयाघातको जोखिम बढ्छ। बिहानै उठेर खाली पेटमा चिसो पानी पनि नखाने। मनतातो पानी खाने। कार्बोहाइड्रेट भएको खानेकुरा कम खाने। जाडोमा धेरै खाना रुच्ने हुन्छ, बढी खानाले  मोटोपना बढाइदिन्छ र हृदयाघातको जोखिम बढ्छ। त्यसैले कार्बोहाइड्रेड भएको खाना कम खानुपर्छ।  माछामासु कम खाने। फलफूल, हरियो तरकारी र हरियोपरियो काँचो धेरै खाने।  शरीरलाई न्यानो राख्ने, आफू बस्ने कोठालाई न्यानो राख्ने र एक्कासि धेरै चिसोमा ननिस्कने।

Must View