नागरिक पोष्ट News


काठमाडौंको तापक्रम शुक्रबार राती माइनस दुई डिग्री पुग्ने अनुमान

1.7K
  • केशवराज पौडेल

Cover PHOTO : Amrita Uprety

काठमाडौं,पुस १० गते । इन्टरनेटमा बिहीबार सबैभन्दा धेरै खोजिएको बिषय मौसमको थियो । आज दिनभर कत्तिको जाडो हुन्छ । तीन दिनसम्म मौसमको पूर्वानुमान कस्तो रहेको छ । काठमाडौंमा जाडो कति बढ्छ लाखौंले त्यसको खोजी इन्टरनेटमा गरे, यस्तै पछिल्लो समय मोबाइल एपमा मौसमकै खोजी भयो ।

काठमाडौं उपत्यकासँगै नेपालका अधिकांश भागमा जाडो बढेसँगै त्यसको खोजी हुनु स्वभाविकनै हो । कहिलेसम्म जाडो बढ्छ त ? मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा यो बर्षको सबैभन्दा धेरै जाडोको मापन बिहीबार रातीको गरेको छ । बिहीबार राती काठमाडौंको तापक्रम दुई डिग्री सेल्सियसको मापन गरेको छ भने बुधबार राती शून्य दशमलब ९ डिग्री सेल्सियसको तापक्रमको मापन गरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । 

शुक्रबार राती काठमाडौंको तापक्रम माइनस दुई डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा धेरै जाडो रहेको जुम्लामा आज न्यूनतम माइनस ७ डिग्री सेल्सियस पुगेको छ । साथै आज जुम्लामा अधिकतम तापक्रम १२ डिग्री शेल्सियस रहेको छ । पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष काठमाडौमा केही दिन तापक्रम माइनसमा पनि पुग्ने अनुमान छ । 

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मुलुकभरको तापक्रम जनवरी १५ सम्म तापक्रम घट्नेछ, त्यसपछि क्रमिकरूपमा तापक्रम बढेर जानेछ । उहाँले वादल लाग्ने अवस्था पश्चिमी वायुको प्रभावका कारणले न्यूनतम तापक्रममा भने फेरवदल हुन सक्ने बताउनुभयो । 

उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा मात्रै नभएर तराइका जिल्लाहरुमा समेत चिसो ह्वात्तै बढेको छ । पश्चिम तराईका कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरमा बिहानैदेखि बाक्लो हुस्सु, कुहिरो, देखिएको छ भने मध्य तराईका चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा, परासीसँगै पूर्व तराईका महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापामा समेत शितलहर देखिएको छ । बिहीबार दिउँसोबाट भने कुहिरो हटेर मौसम सफा बन्दै गएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १० गते (बिहिबार)

दिउँसो: देशका पूर्वी र पश्चिमी पहाडी भु–भागमा थोरै स्थानहरुमा आंशिक वदली रही बाँकी भु–भागमासामान्यतया मौसम सफा रहनेछ ।

रातीः देशको मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भु–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

 

पौष ११ गते (शुक्रबार )

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भु–भागमा सामान्यतया मौसम सफा रहनेछ।

राती: देशको मध्य तथा पूर्वी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमासामान्यतया मौसम सफा रहनेछ।

 

पुस १२ गते (शनिबार)

दिउँसो: देशका पूर्वी पहाडी भु–भागमा आंशिक बदलीको अवस्था रही बाँकी भु–भागमासामान्यतया मौसम सफा रहनेछ ।

राती: देशको मध्य तथा पूर्वी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ

rom Gorkhapatraonline

Must View