नागरिक पोष्ट News


होशियार ! मोडलिङ गराउने भन्दै 'बलि' दिन लागेको रहस्य खुलेपछि, ‘बलि’ बाट युवती यसरी जोगिइन्

3.4K

महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याएर बोर्डर पास गराई तान्त्रिक पूजा गरी 'बलि' दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । 

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्र«ीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई समयमै खबर गर्दा  ‘बलि’ बाट युवती जोगिइन्

६ फिट उचाई भएकी युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाको लागि सीमा पार गराउने योजना अनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्वीकार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

उनीहरुको गतिबिधिप्रति शंका लागेपछि पीडित युवतीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश साह, दाङकी  २४ वर्षीया दिलकुमारी बुढामागर, सप्तरीका ३५ वर्षीय उमेश माझी, विराटनगरका ५१ वर्षीय दिलिप पोदार, धादिङ्गका २३ वर्षीया प्रेमा तामाङ र सुनसरीका ३७ वर्षीय रंजित कुमार चौधरी छन् ।

Must View