नागरिक पोष्ट News


अपराध अनुसारको सजाय :आफ्नै आमाको हत्या गर्ने छोरीसहित ४ जनालाई जन्मकैदको फैसला

2K

भक्तपुरमा गत 2076 असार १५ गते दिउँसो प्रेमीसँग मिलेर आमाको हत्याका गर्ने छोरीसहित चारै जनालाई अदालतले  सर्वस्वसहित जन्मकैद फैसला सुनाएको छ।

चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको असारमा घाँटी रेटेर हत्या भएको थियो। हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ थियो। हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो। उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन्।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरीज्वाइँको घरमा बस्दै आएकी थिइन्। छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको थियो।

Must View