नागरिक पोष्ट News


यसकारण गायक रामकृष्ण ढकालले निलमसँग सम्बन्धविच्छेद गरे

2.7K

चर्चित गायक रामकृष्ण ढकालको श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद भएको छ। रामकृष्ण र निलमले  जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन्।

जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो। श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्।

निर्णय अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी निलमसँगै रहनेछिन्। रामकृष्ण र निलमको १७ वर्षअघि प्रेम विवाह भएको थियो।

Must View