समाजवादी पार्टीले सरकार छोड्यो : उपेन्द्र यादवद्वारा राजीनामा,
1.5K
समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो ।
उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहमद इश्तियाक राईले पदबाट राजीनामा दिनुभएको छ । सरकारमा सहभागी हुँदा भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नै नदिएपछि सरकार छाडेको समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले बताए । ।