नारायणीमा ३ तलाको पानीजहाज, सलल (भिडियोसहित)
2.2K
भ्रमण वर्ष २०२० लाई लक्षित गरे चितवनको भरतपुरमा निर्माण गरिएको क्रुजसीपको परीक्षण गरिएको छ । जनवरी १ वाट औपचारीक रुपमा सञ्चालन गर्ने लक्ष्य सहित त्यसको परीक्षण गरिएको हो । साढे दुई तला कु्रजमा २५ जना यात्रु राखेर सोमवार सफल परिक्षण गरिएको हो । नारायणी नदीमा आइतबार क्रुजसीप संचालन गरेर सफल परीक्षण गरेपछि निर्माणकर्ता खुसी भएका छन्। परिक्षणका लागि चालक दलका केही सदस्यसहित २५ जना यात्रु बोकेको सिपमा करिब डेढ किलोमिटर यात्रा गरेका थिए।राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नारायणी नदिमा क्रुज सञ्चालन गर्न लागेको हो ।
करिब प्रतिघण्टा ३५ किलो मिटर संचालन हुनेछ । अहिले एउटा मात्र मेशिन राखेर सञ्चालन गरिएको बताइएको छ । सञ्चालकको काभ्रेघाटदेखि गोलाघाटसम्म संचालन गर्ने योजना छ । त्यस्तै, हिउँदामा देवघाटसम्म संचालन गर्ने बताइएको छ ।