नागरिक पोष्ट News


हार्दिक श्रद्धान्जली ! अलविदा सृष्टि ! सडक पेटीमा कुररिहेको गाडी नै सृष्टिको पापी काल बन्यो

2.3K

पशुपती क्याम्पसको BBS 4th वर्षमा अध्ययनरत एउटा अवोध विद्यार्थी अध्यापनको लागि कलेज जान सडक पेटीमा गाडि कुरिरहेकी हुन्छे, भक्तपुरको एउटै रुटमा चल्ने दुईवटा गाडिको प्रतिस्पर्धाले काठमाडौ सुकेधाराको सडकपेटीमा बस कुरिरहेकी विद्यार्थीलाई एक सय मिटर पर पुग्ने गरी ठक्कर दिन्छ । ठक्करपछि सडकमा छटपटाई रहेकी गोरखा घर भई काठमाडौं धुम्बराही बस्ने सृष्टि पन्तलाई नजिकैको ओम अस्पताल पु¥याइन्छ ।

- ‎Aditya Dahal‎ लाई  TU Students

अस्पतालमा रहेका केही थान सेतो वस्त्रधारीले आफन्त र पैसा आएपछि मात्रै उपचार अगाडि बढाइने भन्दै पन्छिन खोज्छन् । उपचारमा केही समय आलटाल हुन्छ । उता विद्यार्थीलाई ठक्कर दिएपछि चालकलाई कारबाही र बस समितिको पदाधिकारी आएर उपचारमा लाग्ने खर्च व्यहोर्न र छिटो भन्दा छिटो उपचार गर्न बस समितिको पदाधिकारी आउनुपर्ने भन्दै विद्यार्थीले सडक अवरोध गर्छन ।

सहपाठी तथा कलेजको विद्यार्थी गुमेको पीडा साथै अस्पतालले उपचारको लागि खर्चको पर्खाइमा रहँदा बस समितिको मान्छे कोही समयमै नआएपछि आक्रोशित विद्यार्थीहरुले उक्त रुटमा चल्ने बसमाथि तोडफोड र आगजनी गर्छन् । साथी गुमेको पीडामा सडक मार्फत आन्दोलीत विद्यार्थी माथि प्रहरीले लाठि र ढुंगा बर्साउछ ।

कलकलाउँदो उमेरमै चालकको लापरबाहीले ज्यान गुमाएकी पन्तको भाई दिदि गुमेको पीडामा अचेत हुन्छन् । एक वर्ष अघि मात्रै वैवाहिक जीवनमा बाँधिएकी मृतकको श्रीमान् आफुलाई सम्हाल्न सकिरहेका छैनन । श्वास छोडिसकेकी छोरीको अनुहार मात्रै भएपनि हेर्नको लागि शोकान्त बा-आमा गोरखाबाट राजधानी अउँदै छन् । सेतो कपडा ओडेकी तिमिले आमा-बा आफन्त, साथीभाईको त्यो गहभरीको आँसु र मनभरीको पीडा अब कहिल्यै देख्न र महसुस गर्न पाउने छैनौ बहिनी । यस्तै चालकको लापरबाहीको कारणले जो कोहीले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कामना गर्दछु ।

Must View