प्रहरीको सर्च अपरेशन, काठमाडौंबाट १०० भन्दा बढि चाइनिज कसरी प्रक्राउ
प्रहरीको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनबाट काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट एकैदिन ९९ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
चिनियाँ नागरिकहरू चाइनिज बैंकको खरबौं रुपयाँ रकम नेटवर्किङमार्फत् नेपालमा बसी चाइनाको अर्थव्यवस्था नै डामाडोल गर्ने गरेको शंका गरिएको छ । यतिबेला चाइनाको आइटि एक्सपोर्ट प्रहरि, नेपाल प्रहरि काठमाडौं परिसर र सिआइबिको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । चाइनिज बैंकका खाताहरु नै ह्याक गरिएको कुरा गोप्य सुत्रले दिएको छ ।
चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले मनमैजुमा ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएको छ । त्यसक्रममा अहिलेसम्म करिव एक सय २२ चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरु ब्यारेक सिस्टममा बसेर काम गरेको भेटिएको छ । ‘एउटै घरमा मात्र २५ देखि ३० जनासम्म बसेर काम गरिरहेको पाइएको छ ।’ उनीहरूको साथबाट ४ सय ३० वटाभन्दा बढी ल्यापटप, मोबाइल फोन र सिम बरामद गरेको छ ।
Cover Photo : http://www.farakpatra.com/