नागरिक पोष्ट News


IGP सर्वेन्द्र खनालको समुदाय–प्रहरी साझेदारी रोल मोडल यसकारण सफल भयो

2.7K

आईजी नियुक्त हुनासाथ प्रहरी संगठनलाई सिस्टममा बाँध्नुपर्ने  चुनौती खनाललाइ थियो ।  काँधमा फूली थपसँगै सर्वेन्द्र खनालले आफ्नो दक्षता र विज्ञतालाई संगठनका लागि लगाए ।  समुदाय–प्रहरी साझेदारी  ड्रिम मोडलललाई जब खनालले अभियानको रुपमा ल्याए । त्यसपछि प्रहरी संगठनको हाइट आम नागरिकमाझ ह्वात्तै बढाइदियो ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम खनालको ड्रिम थियो । अहिले समुदायका हरेक नागरिकसम्म प्रहरीको पहुँच सरल बन्यो । ७५ हजार ९ सय २७ जना रहेको प्रहरी संख्यामा दैनिकजसो कार्यरतचाहिँ ६४ हजार तीन सय २३ जना छन् । संयुक्त राष्ट्र संघको मापदण्डका आधारमा एक प्रहरी बराबर ३ सय ३३ जना लाभान्वित हुनुपर्छ । तर नेपाल प्रहरीको संख्याको आधारमा ४ सय ३५ जना पर्न जान्छन् । यस्तो अवस्थामा पनि प्रहरीको कार्यप्रगति अन्य सरकारी निकायको तुलनामा उच्चतम छ ।

यसमा समुदाय–प्रहरी साझेदारीको भिजनले ठूलो मद्दत गरेको छ । ७ सय ५३ स्थानीय तहका सरकारसँग सम्झौता गरेरै यो कार्यक्रम अघि बढिरहेको छ । प्राज्ञिक विज्ञताको उपयोग, अध्ययन अनुसन्धान र पाठ्यक्रम विकास, स्रोत व्यक्ति तथा स्वयंसेवकसम्म प्रहरी, सुरक्षा सचेतना, सूचना प्रविधिको विकासलगायतका रोडम्यापकै आधारमा प्रहरी अगाडि बढेको छ ।

Image result for समुदाय–प्रहरी साझेदारीको प्रभाव

प्रहरी–समुदाय साझेदारी अन्तर्गत नै ७७ जिल्ला समिति, ७४५ पालिका समिति, ६ हजार ३१६ वडा समिति, ७ हजार १९० टोल समिति, ७ हजार ३९१ प्रहरी विद्यालय सम्पर्क समिति बनिसकेका छन् । हालसम्म तयार पारिएको तथ्यांकअनुसार ५ हजार ४९१ सचेतनाका कार्यक्रम भए, जसमा ५ लाख ६२ हजार ६३२ जनाको प्रत्यक्ष सहभागिता भयो । यो संख्या अहिले बढेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा त्यस्ता इकाइमा सर्वसाधारणसँग ४३० सार्वजनिक सुनुवाइका कार्यक्रम पनि भइसकेका छन् भने १ हजार ६३८ त प्रचारमुखी काम पनि भए ।

Must View