नागरिक पोष्ट News


कुशल प्रहरी अधिकृत एसएसपी सहकुल थापा - अपराधबिरुद्धको कानूनी लडाईअभियानमा अब्बल बन्दै

3.1K

सैनिक परिवारमा जन्म लिएका सहकुल थापाको करिअर प्रहरी सेवामा यसरी मोडियो । 

शिक्षकबाट फड्को मार्ने औधी रहर थियो । एसएलसी पास भए, बिहे पनि भयो । शिक्षकबाट सेना हुन चाहन्थे । तर थापा  राष्ट्र बैंकको जागिरे भए । सुविधा राम्रो थियो । आम्दानी पनि मनग्गे थियो । तर मनमा सन्तुष्टि थिएन । सेनामा छिर्न नपाए पनि फोर्समा छिर्ने रहरले मनभरी बुर्कुसी मारिरहेको थियो । स्नातक अध्ययन पनि सँगै लगिरहेका थिए । नतिजा राम्रो आयो । अब भने फोर्समा छिर्ने अर्को प्रमाणपत्र साथमा भएपछि थापा किन रोकिन्थे । उनले नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदमा दरखास्त हाले । वैकल्पिकमा नाम निस्कियो । 

२०४९ साल चैतमा उनले प्रहरी इन्स्पेक्टरमा नाम निकालेका थिए । इन्स्पेक्टरमा छानिएर तालिम सुरु भएपछि उनले चुनौतीका पहाडबीच काम गर्नु पर्यो । त्यसैबेला सुरु भएको तत्कालीन माओवादीको युद्धकालभरि उनी विभिन्न पहाडी जिल्लामा खटाइए । तर, फोर्सका लागि अन्य जागिर त्याग गरेका थापाले अठोटलाई छाडेनन् । अवस्था र प्रतिकूलता चिर्दै अघि बढिरहे ।

जनयुद्धकाल सकियो, देशमा लोकतन्त्र प्राप्त भयो । थापा पनि डीएसपीमा बढुवा भए । उत्कृष्ट काम र प्रस्तुति दिँदै गएका उनी एसपी हुँदै अहिले एसएसपी पदमा बहाल छन् । जिम्मेवारी महानगरीय अपराध महाशाखाको प्रमुखमा छ । उनी महाशाखामा आएपछि महत्वपूर्ण काम भइसकेका छन् । अझै कतिपयको खोजी जारी छन् ।

साइबर क्राइम गर्ने, पेस्तोल गोली बोक्ने, बालुवाका ट्रकमा परिमाण कम बनाउने गिरोहलगायतलाई पक्राउ गरी सरकारी कारबाहीको प्रक्रियामा पुर्याएका थापाले कृषि विकास बैंकको करोडौं रकम डुब्नबाट जोगाए । यी हालैका घटना हुन् । प्रहरीको कर्तव्यलाई अठोट बनाएका थापाले महाशाखाको जिम्मेवारी लिएपछि पूर्वराजदूत केशव झाको हत्यामा संलग्न व्यक्ति, तिखो सुईले घोच्ने आतंक, लागूऔषध कारोबारी, हतियार देखाएर आपराधिक लाभ लिने समूह, व्यक्ति कसैलाई छाडेका छैनन् ।

पक्राउ गरी कानुनको कठघरामा उभ्याएका छन् । भन्छन्, ‘म समाजको यही अवस्था सुधार्नका लागि फोर्समा छिरेको थिएँ, यी स्वाभाविक कर्म हुन् । मैले ठूलो काम गरें भन्ने पनि होइन । मैले कर्तव्य पूरा गरें भन्नेमा आत्मसन्तुष्टि छ ।’

https://www.hamropolice.com/

Must View