नागरिक पोष्ट News


कुशल व्यवस्थापक वरिष्ठ डीआईजी डा मिनराज पाठक, प्रहरी अस्पतालको निमित्त प्रमुखमा

3.2K

 वरिष्ठ डीआईजी डा.मिनराज पाठकले  नेपाल प्रहरी अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको रुपमा नियुक्त भएका छन् । एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकाश पाएपछि पाठकले निमित्तको जिम्मेवारी पाएका हुन् । 

सरकारले वरिष्ठतामा अगाडी रहेका बालरोग विशेषज्ञ डा. पाठकलाई केहिदिनमै एआईजीमा बढुवा गरेर अस्पतालको मेडिकल डाइरेक्टरको पुर्ण जिम्मेवारी दिने तयारी थालेको स्रोतको दावी छ।

मेडिकल डाइरेक्टर एआईजी नियुक्त भए डा. पाठकले करिब चार बर्ष नेपाल प्रहरी अस्पतालको नेतृत्व सम्हाल्नेछन्। मेडिकल प्रशासनको कुशल व्यवस्थापनमा डा. पाठक रहेका छन् ।  पाठकसँगै डीआईजीको वरियतामा दोश्रो नम्बरमा रहेकी डा. आशा सिंह र तेस्रो नम्बरमा रहेका डा. सुमनराजा श्रेष्ठपनि एआईजीमा बढुवाका राजनीतिक लबिङमा रहेको स्रोतको दाबी छ।

News Source - https://www.hamropolice.com/

Must View