२२ डिसेम्बर वर्षकै छोटो दिन
2K
डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ ।
सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ ।
पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ ।
डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।