मृत्यु जीवनको सास्वत सत्य हो, मृत्यु अघि गर्नुस् यी काम गर्नुहोस्, मोक्ष प्राप्ती हुन्छ
मृत्यु जीवनको सास्वत सत्य हो । जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन । हिन्दू धर्म शास्त्र अन्तर्गतको गरुड पुराणमा मृत्यु के हो ?, मृत्युपछि के हुन्छ ?, मृत्यु पछि आत्मा कहाँ जान्छ लगायतका विषयबारे व्याख्या गरिएको पाइन्छ ।
हिन्दु धर्म दर्शनमा गरुड पुराणको विशेष महत्व रहेको छ । मृत्यु पश्चात गरुड पुराणको पाठ गर्न पनि आवश्यक भएको मानिन्छ । शास्त्रीय विधानका लागि मात्र नभएर जीवनलाई सही मार्ग देखाउन पनि यो पुराणको विशेष महत्व रहेको छ ।
आज हामी गरुढ पुराणका अनुसारमा मानिसले मृत्यु पूर्व कस्ता कार्य गरे उसले मोक्ष वा सफलता पाउँछ भन्ने उल्लेख गर्दै छखैं ।
विष्णुको उपासना
प्रत्येक हिन्दुलाई आफ्नो जीवनमा कमसेकम एक पटक भगवान विष्णु या उनको अवताको पूजा गर्न अनिर्वा छ । भगवान विष्णुको पूजा अर्चना गर्नाले जीवनमा आइपर्ने संकट नाश हुने विश्वास छ ।
भगवान विष्णुका दश अवतार रहेका छन् भने कयौं नामहरु रहेका छन् जसको नियमित जप गर्न सके जीवनमा आइपर्ने संकटबाट पार तरिने पुराणमा उल्लेख छ
एकादशी व्रत
वर्षमा २४ एकादशी हुन्छन् । यदि अधिक मास लागेको छ भने एकादशीको संख्या २६ हुन जान्छ । धार्मिक ग्रन्थका अनुसार एकादशीको श्रेष्ठ बनाइएको छ र त्यसदिन ब्रत बस्दा मुक्ति प्राप्त हुन्छ । एकादशीको ब्रत गर्दा जीवनमा एकाग्रशक्ति प्राप्त हुन्छ । मन भट्नुबाट रोकिन्छ भने मृत्युपछि पनि एकादशीको ब्रतबाट पुण्य मिल्छ ।
गंगा स्नान
हिन्दु धर्ममा गंगालाई केवल नदीको रुपमा नभइ देवीको रुपमा व्याख्या गर्रिको छ । जसले गंगामा गएर स्नान गर्छ त्यस्ता मनुष्यको मोक्षको ढोका खुल्छ ।
तुलसी पूजन हिन्दू धर्म दर्शनका अनुसार विष्णु एवं तुलसीको पूजा गर्ने विशेष प्रावधान छ । यदी विष्णुको पूजा पछि तुलसीको पूजा गरेका श्रीहरि प्रशन्न हुने धर्मशास्त्रमा वर्णन गरिएको छ ।