नागरिक पोष्ट News


सुर्खेत पर्यटकीय सहर बन्दैछ, सुर्खेतको गढी सिद्धपाइला पर्यटकीय स्थल

3.6K

सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको छ । स्थलमार्ग हुँदै माथिल्लो कर्णाली जाने यात्रु बढ्नु र सुर्खेत–काठमाडौँ सिधा हवाईसेवा सञ्चालन हुनुले उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् ।

हिन्दू, बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर जाने भारतीय पर्यटकका साथै रारा, जुम्ला, दैलेखलगायत जिल्लाका पर्यटकीयस्थल घुम्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षण बन्दैछ ।

सुर्खेतको गढी सिद्धपाइला पर्यटकीय स्थान हो । जहाँबाट सुर्खेत उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । 

‘सुर्खेत बुलबुले ताल, मै सानी हुनाले छुट्यो माया जाल’, ‘घर त मेरो जर्बुटा’, ‘सलल बगेको भेरी दोभान’, ‘ख्यालख्यालैमा बित्यो जीवन’, ‘आँप खोली बगर’ जस्ता रेडियो नेपालका बज्ने गीतका पृष्ठभूमि तथा सन्देशहरूले सुर्खेतलाई धार्मिक सांस्कृतिक पर्यटकीय महत्वलाई बढाउदै लगेको छ ।

Must View