नागरिक पोष्ट News


जाडोमा हृदयघातको खतरा, ‘मर्निङ वाक’ नगर्न विज्ञहरुको सुझाव

2.2K

जाडो मौसम मुटुका रोगीहरुको लागि  हृदयघातको  खतरा हुने विज्ञहरुले औंल्याएका छन् । मुटुको समस्या भएका मानिसहरुले यी दिनमा विशेष सावधानी अपनाउनुपर्छ । यो मौसममा चिसो हावाले शरीरको गर्मीपनालाई खोसेर लैजान्छ र रक्तनलीहरु खुम्चिन थाल्छन् । यसको असर मुटुमा रगतको आपूर्ती गर्ने धमनीहरुमा पनि पर्छ । त्यसैले मुटुरोगीहरुलाई हृदयघातको खतरा बढ्छ ।

चिसो मौसममा प्रदुषणका कारण उत्पन्न भएका हानीकारक कणहरु जमिनको नजिकै घेरिएर रहेका हुन्छन् । यसले सास फेर्नमा समस्या र छातीमा संक्रमण पैदा गर्छ । उच्च रक्तचापको समस्या पनि हुन्छ ।

शरीरमा भिटामिन डीको कमी, कोलस्ट्रोल स्तर बढ्ने, रगतको आपूर्ति, रक्तसञ्चारमा गडबडी, पसिना नआउने र फोक्सोमा अतिरिक्त पानी जम्मा हुने जस्ता कारणले हृदयघातको जोखिम उच्च बनाउँछ ।

चिसोमा बिहानै घरबाहिर गएर व्यायाम गर्नु वा मर्निङवाक गर्नुुभन्दा घरमै एक्सरसाइज गर्नुहोस् । घरमै बसीबसी तपाईं योगा, मेडिटेसन र वर्कआउट गर्न सक्नुहुन्छ ।

Must View