नागरिक पोष्ट News


रमणीय एवं धार्मिक पर्यटकीय स्थल: दोलखामा रहेकाे कालिञ्चोक भगवती मन्दिर

3.3K

दोलखामा रहेकाे कालिञ्चोक भगवती मन्दिर हिमाली भेगमा पर्ने रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । हिउँले छपक्कै ढाकेको कुरी बजारदेखि पहाडको चुचुरो ३८०० मिटर उचाईंमा रहेको कालिञ्चोक मन्दिर हिउँ पन्छाउँदै पुग्ने पर्यटक बढ्दै गएका छन् ।

दोलखा सदरमुकाम चरीकोटबाट १७ किलोमीटर दुरीमा रहेको कुरी पुग्न पैदल यात्रा गरे पाँच घण्टा र सवारी साधनमा गए दुई घण्टा लाग्छ । समुद्री सतहबाट करिब ३३०० मिटर उचाईंमा रहेको कुरी बजारको डिलबाट दक्षिणतिर हेर्दा पहाडहरु तल तल देखिन्छन् ।

हिउँको बाटो हुँदै कालिञ्चोक  (तस्बिर सहित)

कुरीबाट करीब ४५ मिनेट पैदलमार्ग उकालो चढेपछि कालिञ्चोक मन्दिर पुगिन्छ । कुरीबाट मन्दिर जान अहिले केबल कारको व्यवस्था पनि छ । 

केबुलकारबाट कुरी बजार, गौरीशंकर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्ने कालिञ्चोक मन्दिरमा अन्य पूर्णिमामा पनि दर्शनका लागि भक्तजन जाने गर्छन् ।

मन्दिरको संरचना बनाउन नहुने किंवदन्ती रहेका कारण पहाडको चुचुरोको थोरै समतल भागमा देवी भगवतीको साथै महादेवको पनि पूजा गरिन्छ । पूजास्थलमा थोरै पानी देखिने सानो मुख भएको कुवा रहेको छ । 

Must View