नागरिक पोष्ट News


अध्ययन भन्छ, : खुर्सानी खाने मानिसहरुमा हृदयघात हुने कम खतरा छ

2.8K

इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृ’दयघा’तबाट म’र्ने खतरा कम हुने देखाएको छ । मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । अहिले आएर अनुसन्धानकर्ताहरुले नियमित रुपमा खुर्सानी खाँदा मुटुका रोग र हृ’दयघा’तबाट म’र्ने खतरा कम हुने कुरा पत्ता लगाएका छन् ।

खुर्सानी लोकप्रिय परिकारको रुपमा उपयोग गरिँदै आएको इटालीमा गरिएको एक अध्ययनमा २३ हजारजना मानिसहरुमा मर्ने खतराका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गरिएका ती मानिसहरुमा खुर्सानी खाने नखानेहरु दुवै समावेश थिए । उक्त अध्ययनमा सहभागी भएकाहरुको स्वास्थ्य अवस्था र उनीहरुको खानेकुरा खाने आदतका बारेमा आठ वर्षसम्म नियमित अनुगमन गरिएको थियो ।

त्यस दौरानमा अनुसन्धानकर्ताहरुले के थाहा पाए भने हप्ताको कम्तिमा चार पटक खुर्सानी खाने मानिसहरुमा हृ’दयघा’तबाट म’र्ने खतरा ४० प्रतिशत कम भएको देखियो । जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित सो अध्ययनको रिपोर्टअनुसार हृ’दयघा’तबाट म’र्नेहरुको संख्या आधाभन्दा बढी थियो ।

उक्त अध्ययनमा मोली–सानी अध्ययनका तथांकहरु प्रयोग गरिएको थियो, जसमा दक्षिण इटालीका मोलीसे क्षेत्रका २५ हजार जना सहभागीहरु थिए । न्यूरोमेडका डिपार्टमेन्ट अफ इपिडेमियोलोजी एण्ड प्रिभेन्सनका डाइरेक्टर तथा भारेसका इन्सुब्रिया युनिभर्सिटीका प्रोफेसर  लिसिया लाकोभियेल्लोका अनुसार खुर्सानीको यो लाभदायक तत्वहरु इटालीको खाद्य परम्पराबाट हस्तान्तरण हुँदै आएको छ ।

उक्त अध्ययनमा संलग्न टोलीले अब हाम्रो स्वास्थ्यलाई फाइदा पुुर्याउने खुर्सानीको बायोकेमिकल मेकानिजमका बारेमा अध्ययन गर्ने भएको छ । बेलायतको अस्टन मेडिकल कलेजका वरिष्ठ प्रशिक्षक तथा डाइटिसियन डुआने मेल्लोरका अनुसार ‘ उक्त अध्ययन रिपोर्ट रोचक छ तर त्यसले खुर्सानीको खुवाइ र त्यसले स्वास्थ्यलाई दिने फाइदाबीचको सम्बन्धलाई चाहिँ औपाचरिक रुपमा देखाउन सकेको छैन ।’ सिएनएनमा प्रकाशित लेखको अनुवाद 

Must View