नागरिक पोष्ट News


६.१ म्याग्निट्यूड को  शक्तिशाली भूकम्प भारत र पाकिस्तानमा गयो

2.1K

भारतको  हिन्दूकुश क्षेत्रमा केन्द्रबिन्दू भएको ६.१ म्याग्निट्यूड  शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएको छ।

पाकिस्तानको राष्ट्रिय भूकम्प केन्द्रले भूकम्प ६.४ म्याग्‌निट्यूड मापन गरिएको भनेको छ।

पाकिस्तानको लाहोर, इस्लामाबाद, पेशावर, मर्री, मनसेहरा, बट्टग्राम,चिनिओट र गिलगिट(बाल्टिस्तानमा भूकम्पको धक्का महसुसु गरिएको डनन्यूजटिभिलाई उल्लेख गर्दै पाकिस्तानको डन समाचारपत्रले लेखेको छ।

देशको विदेशमन्त्रालयको कार्यालय बाहिर मन्त्री शाह मेहमुद कुरेशी लगायतका अधिकारीहरू उभिरहेका तस्बिरहरूपनि सार्वजनिक भएका छन्। पाकिस्तानी समाचारपत्रहरूका अनुसार हालसम्म हताहतिको विवरणहरू प्राप्त भैसकेका छैनन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार राजधानी दिल्ली, मथुरा, लखनउ लगायत उत्तरी भारतका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो। दिल्ली र आसपासका क्षेत्र एवं पञ्जाबमा पनि भूकम्पको धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ।

सो भूकम्पको गहिराइ २१० किलोमिटर मापन गरिएको बताइन्छ। भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानमा भएको बताइएको छ। रोयर्टस समाचार संस्थाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पाकिस्तान, अफगानिस्तान र भारतका उत्तरी भागमा भवनहरू हल्लिएका उल्लेख गरेको छ।

Must View