नागरिक पोष्ट News


४ दिदीबहिनी, जो एकै दिन एउटै बिवाह मण्डवबाट बिवाह गर्दै !

2.6K

वीवीसी –  भारतको केरलाका चार दिदीबहिनीहरू एकै दिन जन्मिए, पूरै जीवन एउटै छतमुनि बिताए, उस्तै खाना खाए, उस्तै लुगा लगाए र १५ वर्ष नहुँदासम्म विद्यालयमा पनि एउटै लहरमा बस्थे। अहिले यी चारै दिदीबहिनी विवाह पनि एकै दिन गर्ने तयारीमा छन्। पाँचजना बच्चाहरू एउटै गर्भबाट एकैपटकमा जन्मिएकाले उनीहरू जन्मिएदेखि नै चर्चामा छन्। उनीहरूको एउटा भाइ पनि छ।

स्थानीय सञ्चारमाध्यमले उनीहरूको जन्मेदेखिको समस्याहरूलाई नजिकबाट नियालेका छन् र समाचार बनाएका छन्। चार दिदीबहिनी उथ्राजा, उथारा, उथामा र उथ्रा र उनीहरूका भाइ उथ्राजन सन् १९९५ को नोभेम्बर १८ तारिखमा जन्मिएका हुन् र उनीहरूले आउँदो वर्ष लगनगाँठो कस्ने योजना बुनेका छन्।

Must View