२० निर्माण कम्पनी कालोसूचीमा परे (सूचिसहित)
काठमाडौं- २० निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा सार्वजनिक खरिद ऐन विपरीत काम गरेको भन्दै ५० वटा निर्माण तथा सप्लायर कम्पनीलाई कारवाहीमा गरिएको थियो।
कारबाहीमा परेका कम्पनी कुन कुन ? अरनिको/त्रिशूली जेभी, चौलागाईं निर्माण सेवा, शान्ति/रामजेभी, सुनौला खिम्ती कन्सट्रक्सन प्रालि, ॐ श्री ॐ इन्टरप्राइजेज, कृष्ण कन्सट्रक्सन/त्याडी निर्माण सेवा जेभी, तिवारी मेडिकल डिस्ट्रिब्युटर्स, होराइजन बिल्डर्स, त्रिपाठी ब्रदर्श कन्सट्रक्सन प्रालि, जिएस कन्सट्रक्सन प्रालि, जिएस कन्सट्रक्सन, दिपेश निर्माण सेवा, कलाशिला निर्माण सेवा, युनिक इन्जिनियरिङ सेन्टर, शुभलक्ष्मी निर्माण सेवा, कृष्णा निर्माण सेवा, अनमोल निर्माण सेवा, विपिन कन्सट्रक्सन क्लिन जनशक्ति एन्ड सप्लायर्स प्रालि, गणेश निर्माण सेवा, लोकविर/नरसिंह/कालापानी जेभी हिरारा कन्सट्रक्सन