नागरिक पोष्ट News


बुवा बितेको ६ महिनामै आमा क्यान्सरले थला परेपछि बिचल्लीमा परेका ४ बालबालिकालाई सहयोग

2K

कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमटोलका ३८ बर्षिया जौमती रोकया थला परे पछि उनँको ६ महिनाको दुधेबालक सहित चार सन्तानको विचल्ली भएको खबर पाएपछि घोडाघोडी ग्रामिण बिधुत् शहकारी संस्था सुखडले शुक्रबार नगद सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष भिम बहादुर बडुवालले खबर थाहापाउदा वित्तिकै फोन मार्फत शहकारीले आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । काठमाण्डौमा कामको शिलशिलामा रहेका भएका अध्यक्ष बडुवालले शहकारीका ब्यवस्थापक बिर बहादुर साँउद मार्फत शुक्रबार पिडीत परिवारकै घरमा पुगी सहयोग रकम परिवारलाई हस्तान्तरण गरेका हुन् । वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर बुढाको रोहवरमा उक्त रकम जौमतीका जेठा छोरा १३ बर्षिय लोकराज रोकयालाई हस्तान्तरण गरिएको हो । क्यान्सर पिडित रोकया ७ महिना देखि उपचारको अभावमा घरमै थला परेकी छन्

Must View