नागरिक पोष्ट News


रुघाखोकी तथा ज्वरोबाट बच्ने उपाय

2.2K

२ पुस । मौसम परिवर्तन भएलगत्तै रुघाखोकी तथा ज्वरोले विभिन्न उमेरका व्यक्तिहरूलाई सताउन थालेको छ । रुघाखोकी तथा ज्वरोको प्रकोप नेपालका विभिन्न ठाउँमा देखिने भए पनि स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरू बढी देखिएका छन् ।

शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्न थाल्छन् । भाइरल इन्फेक्सन भएमा श्वासप्रश्वासमा समस्या आउने तथा रोगसँग लड्न नसक्ने बिरामीहरूलाई कब्जियत तथा झाडापखालासमेत लाग्न सक्छ । समयमै निको भएन भने निमोनिया पनि हुनसक्छ । त्यसैले मौसमी रुघाखोकी भनेर लापरवाही गर्नुभन्दा पनि समयमै यसको उपचार गराउन जरुरी छ ।

यस प्रकारको रुघाखोकी तथा ज्वरोबाट बच्नका लागि रोगबाट ग्रषित भएका बिरामी तथा रोगि व्यक्तिहरूवाट सकभर टाढै बस्ने गर्नुपर्छ । आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाने साथै बाहिर निस्किँदा मास्कको प्रयोग गर्नुपर्छ ।

sdaf

रुघा लागेको अवस्थामा नाक, मुख छोप्दा प्रयोग भएका रुमाललाई राम्ररी धोएर मात्र पुनः प्रयोग गर्ने तथा अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने । यसले अझ संक्रमण बढाउन सक्छ । खाना खानुअघि र शौचायालाको प्रयोग गरिसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ ।

न्यानो लुगा लगाउने अनि चिसो कुराबाट टाढै रहने, पोषिलो खाने कुरा र झोल पदार्थ प्रशस्त मात्रामा खानुपर्छ । पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने हुँदा सकभर जाडोमा सफा उमालेको पानी खानु नै उचित हुनेगर्छ । रुघाखोकीबाट हुने सङ्क्रमणबाट बच्नका लागि वर्षमा एकपटक खोप लगाउन चिकित्सकहरू सुझाव दिन्छन् । खोप लगाएपछि रुघाखोकी लाग्न नदिने भन्ने होइन, तर यसले पार्ने नकारात्मक असरलाई भने न्यूनीकरण गर्ने गर्छ ।

सामान्य भाइरल ज्वरो आउँदा तातो र झोल भएको खाना खाँदा र प्रशस्त आराम गर्दा फाइदा गर्छ । तर, केही दिनमा पनि निको नभए तुरुन्तै चिकित्सककहाँ जानुपर्छ, नत्र निमोनिया हुने सम्भावना बढ्दै जान्छ ।   

Koshi online

 

Must View