Real Story ! लाखौ खर्चेर अमेरिका छिर्न खोज्ने युवाहरुको कहालीलाग्दो कथा, व्यथा र पीडा
अमेरिकाको सपना बोकेर लाखौ रुपैंया दलाललाई बुझाए पनि अन्तत ५ नेपाली युवा नेपालकै एयरपोर्टमा बोरा बोकेर ओर्लन विवश भए । २ वर्ष अघि अर्थात २०७४ सालमा अमेरिका पुग्ने सपना बोकेर घरबाट निस्केका ती युवाहरु नराम्ररी ठगिएका हुन् । अमेरिकाका लागि दलालमार्फत गैरकानूनी बाटो हिडेका ती ५ नेपालीको दर्दनाक कथा, व्यथा र पीडालाई अनलाइन खबरमा गौरव पोखरेलले लेखेका छन् ।
- गौरव पोखरेल
News Source : अमेरिकाबाट बोरा बोकेर फर्किएका पाँच नेपाली युवा !
एजेन्टले भारत हुँदै यात्रा अघि बढ्ने जनाएका थिए । दिल्लीमा केही दिनको बसाइपछि ब्राजिल हुँदै कोलम्बियाबाट अवैध अमेरिका यात्राको थालनी भयो । विचौलियाले देखाइदिएको रुटअनुसार उनी डेरियन ग्याप नामक जंगलको बाटोबाट अघि बढेका थिए । हरेक दिन नयाँ परिस्थितिको सामना गर्नुपर्ने । कहिले घना जंगलको यात्रा त कहिले डुंगा शयर । ‘निकारगुवामा त एक सरो कपडा पनि शरीरमा बाँकी रहन दिएनन् । लुटेर नाँगै बनाए’, यात्राको क्रममा कपडासमेत मागेर लगाए, निकारगुवाबाट हुण्डुरस, गोटेमाला हुँदै चार महिनाको यात्रापछि उनी मेक्सिको पुगे ।
मेक्सिको पुगेपछि सीमा क्षेत्रमा बसिरहेका उनीहरु अनुकुल वातावरण मिलेपछि राति सीमा पर्खाल पार गरे, तर अमेरिकी भूमिमा टेकेको पाँच मिनेट हुन नपाइ पक्राउ परेका थिए ।
प्रहरी ब्युरोको अनुमानअनुसार वर्षमा हजारको हाराहारीमा नेपाली युवा अवैध बाटोबाट अमेरिका जाने नाममा ठगिने गरेका छन् ।