नागरिक पोष्ट News


सेयर बजारले गति लिदै, अब शेयर बजार क्रमश: उकालो लाग्ने यस्तो विश्लेषण छ

3K

निरन्तर घटेको बजारमा लगानीकर्ता आकर्षित हुँदा यसअघि नेप्से करिब ८० अंकले बढेको थियो । छोटो समयमा यसरी बढेको बजारबाट छिटो नाफा बुक गर्न तयार भएका अल्पकालीन कारोबारी हावी हुँदा फेरि नेप्से दबाबमा परेको हो । २–३ दिनयता यस्ता कारोबारीहरु घट्दै गएपछि बजार पुनः बलियो बन्दै जान लागेको संकेतहरु देखिएका छन् । यद्दपि, घटेको बजारमा खरिदकर्ता पनि सकेसम्म मूल्य घटाउन केन्द्रित हुँदा अपेक्षा अनुसार सूचक माथि जान नसकेको फ्रन्ट लाइनमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई रहेको छ । बजार १८८१ अंकमा पुगेर फर्किएको पनि ४२ महिना पूरा भइसकेको छ । यसबीचमा आम लगानीकर्ताले खरबौं रुपैयाँ गुमाइसकेका छन् । लगातार बजार घट्दा सेयर भाउ निकै सस्तो भएको छ । सूचीकृत कम्पनीहरुको आम्दानी बढ्दै गएको अवस्थामा सस्तो मूल्यका सेयरले दीर्घकालीन लगानीकर्ता तान्ने विश्लेषणहरु भइरहेका छन् । बजारको चक्रीय नियम र परम्परालाई आधार मान्ने हो भने पनि अब नेप्से क्रमशः माथितिर लाग्ने बेला भइसकेको छ । कम्पनीहरुको कमाई, व्यवसायको आकार लगायतले पनि बजारले सपोर्ट नै गरेको देखिन्छ । ब्याजदर भने अझै अपेक्षा अनुसार तल झर्न सकेको छैन । तथापि, बढ्ने क्रम भने रोकिएको अनुमान हुँदैछ । सेयर बजार सुधारका पहलहरु अघि बढिरहेका छन् । बजार प्रविधिमैत्री बन्दैछ । लगानीकर्ताको संख्या थपिंदोक्रममा छ । यी तमाम परिदृश्यहरुका कारण बजारले विस्तारै वृद्धिको लामो यात्रा तय गर्ने विश्वास गर्न सकिन्छ । अल्पकालमा केही उतारचढाव आए पनि दीर्घकालीन हिसाबले बजारको भविष्य राम्रो रहेको अनुभवी लगानीकर्ताहरु बताउँछन् । नेप्से सूचक बुधबार ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा अडिएको छ । १६५ कम्पनीको २९ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९ लाख ४७ हजार ८५३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकोमा ३ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापारिक समूह २०.१९ अंकले बढेको छ । 

 

Must View