नागरिक पोष्ट News


एक दिने सामुदायिक घुम्ती कानुनी क्लीनिक कार्यक्रम सम्पन्न

1.4K

२८ मंसिर, काठमाडौं । तारकेश्वरको वडा नं. १० मा सामुदायिक घुम्ती कानुनी क्लीनिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अधिवक्ता सुमन न्यौपानेलगायतका अधिवक्ताहरु र तारकेश्वर वडा नं. १० का जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तारकेश्वर नेकपाका सयोजक लवकुमार वस्नेतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा अधिवक्ताले नेपालको २०७४ सालको देवानी कानुनको बारेमा व्याख्या गरेका थिए । उनिहरुले स्थानीय निकाय नगरपालिका र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति बनिसकेको खण्डमा स्थानीय स्तरका स–साना, कुलो, जग्गा जमिन, साँध–सिमाना र झैझगडाका घटनाहरु स्थानीयस्तरबाट हल हुने र हल नभएमा जिल्ला अदालत जान सकिने व्यवस्था रहेको छ ।

कार्यक्रममा अधिवक्ताहरुले जन्म कैद र आजिवन कैदबारे समेत जानकारी गरेका थिए । पुनर्निमार्ण सम्बन्धी कार्यको समेत कार्यक्रममा जानकारी दिइएको थियो । राष्ट्रिय निर्माण मञ्च, नेपालको आयोजना र तारकेश्वर १० को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । गोरखा र नुवाकोटमा भूकम्पपछि यस संस्थाले धेरै काम गरिसकेको छ 

Must View