नागरिक पोष्ट News


श्रीकृष्ण प्रणामी समाजको आयोजना र अन्य अहिंसा प्रेमी संघ सस्थाहरुको सहभागीतामा श्रद्धान्जली क

2.2K

२८ मंसिर, काठमाडौं । बारा जिल्लास्थित गढीमाई मेलाको अवसरमा हुने पशुवली प्रथालाई रोक्न चौतर्फी दवावका विच हजारौ पशु पन्छिहरुले अकालमा ज्यान गमाउनु परेकोले ति अबोध प्राणीहरुको आत्माले चिर शान्ति पाओस भनि श्रीकृष्ण प्रणामी समाजको आयोजना र अन्य अहिंसा प्रेमी संघ सस्थाहरुको सहभागीतामा काठमाण्डौको माइतीघर मण्डलामा श्रद्धान्जली दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरियो । हजारौको संख्यामा सहभागीहरुले वलीका नाममा मृत्यु भएका पशुका नाममा वत्ती बालेर श्रद्धान्जली अर्पण गरिएको थियो । समाजले काठमाण्डौको मण्डलाका साथै अन्य जिल्लाहरुमा एकै समयमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो ।

सो अवसरमा श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम केसीले हिन्दु धर्मको मुख्य मर्म “अहिसा परमो धर्म” भन्ने भावनामा पशु वलीले कुठाराघात गरेको छ भन्दै आगामी दिनमा अझ ससक्त रुपमा विरोधका कार्यक्रम गरिने बताउनु भयो । यसै गरि नवराज ढकाल, शारदा शर्मा, मात्रृका प्याकुरेल लगाएत बक्ताहरुले मन्दिरलाई बध शालामा रुपान्तरण गरेको प्रती खेद व्यक्त गर्दै पशुपतिको देशमा पशुको हत्या त अत्यन्त अशोभनिय, निन्दनिय कर्म हो भन्दै बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गरेको तव मात्र अर्थ रहन्छ जब बुद्धले देखाएको अहिंसाको बाटोमा हिंड्ने संकल्प हामी गर्दछौं ।

सम्मानित सर्वोच्च अदालतबाट मिति २०७३/०४/२० मा“पशुवली दिने, दिलाउने, कार्यमा प्रत्यक्षवा परोक्ष रुपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहन गर्नु, गराउनु” भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार, काठमाडौंलाई समेत परमादेश जारी गरेको सन्दर्भमा पशुवली गरिनु निन्दनिय भएको छ ।

Must View