नागरिक पोष्ट News


सुशासन पत्रकारिता पुरस्कारबाट अनलाइनखबरकर्मी रोयल आचार्यसहित १० जनालाई पुरस्कृत

2.2K

काठमाडौं महानगरपालिकाले महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट अनलाइनखबरकर्मी रोयल आचार्यसहित १० जनालाई पुरस्कृत गरेको छ । महानगरपालिकाको २५ औं स्थापना दिवसको अवसर पारेर मिति २०७६ साल मंसीर २९ गते आइतबारआयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् ।

पुरस्कृत हुनेहरुमा झिंगु डटकमकी रेखा शाक्य, नागरिक दैनिकका हिमाल लम्साल, नयाँ पत्रिका दैनिकका तीर्थ बस्नेत, राष्ट्रिय समाचार समितिकी शर्मिला पाठक, राजधानी दैनिकका केशवप्रसाद पाण्डे, नेपाल समाचारपत्रका ईश्वरराज ढकाल, लहना साप्ताहिकका नृपेन्द्र श्रेष्ठ र संस्थागत रुपमा गोरखापत्र दैनिक रहेका छन् ।

Must View