धनुषा बम विष्फोट : प्रहरी इन्स्पेक्टरसहित तीन जनाको घटनास्थलमै मृत्यु
1.7K
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा बम विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो ।
बम विष्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, घर धनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । विष्फोटमा राजेशका एक छोरा, एक छोरी र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।