नागरिक पोष्ट News


आज देशभर मौसममा बदली

2.5K

काठमाडौं । आज देशभर मौसममा बदली भएको छ । काठमाडौं उपत्यकामा हलुका वर्षा हुने र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य र पूर्वी हिमाली भेगमा पनि हिमपात हुने देखिएको छ ।

यो क्रम भोलीसम्म रहने र पर्सी(आइतबार)बाट मौसममा सुधार आउने मौसमविद् राजु प्रधानाङ्गले जनतापाटीलाई जानकारी दिएका छन् । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा दिउँसोको न्यूनतम तापक्रम केही बढे पनि अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम घट्दा चिसो बढ्ने मौसमविद् बताउँछन् ।

केही दिन अघि नेपालको पश्चिमी भूभागबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले देशभर मौसम बदली भएको हो ।

Must View