नागरिक पोष्ट News


आज पनि नेप्से उर्लियो, दोहोरो अंकले वृद्धि

2.5K

काठमाडौं । शेयर बजारमा केही दिनयता उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तरको गिरावट रोकिँदै वृद्धि हुन थालेपछि सो उत्साह देखिएको हो । बुधबार नेप्से दोहोरो अंक अर्थात १०.११ अंकले बढेर ११६१.४७ बिन्दुमा पुगेको छ । 

कारोबार शुरु भएदेखि नेप्से बढ्दै गआज नेपाल बंगलादेश बैंकको संस्थापक समूहतर्फको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४५ प्रतिशत लाभांश घोषणा गरेको डिप्रोक्स लघुवित्तबाहेक नयाँ नेपाल लघुवित्त, युनाइटेड इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समग्र परिसूचक दोहोरो अंकले बढेको दिन युनिभिर नेपाल कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।   उत्पादन समूहबाहेक सबै समूह बढेका छन् । 

 

Must View