सरकारले स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने
सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपालले हासिल गरेका उपलब्धिमा खेलाडीहरुलाई वधाई दिएका थिए ।
तेह्रौं सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकूदमा राष्ट्रले प्राप्त गरेको खुसीयाली साटासाट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरे ।
यस्तै दुई भन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरे । समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गरे ।