नागरिक पोष्ट News


१६ वर्षीय ग्रेटा थनवर्ग ‘टाइम वर्ष व्यक्ति’ घोषित :ट्रम्प, सी चिनफिङ, जुकरबर्क लगायत पछारिए

3.1K

जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ । स्वडेनी वातावरण अभियन्ताले वर्ष व्यक्ति दौडमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पारेकी हुन् ।

ग्रेटा, ट्रम्प, सी, जुकरबर्ग, न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, हङकङका आन्दोलनकारी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसी वर्ष व्यक्तिको अन्तिम दश जनाको सूचीमा परेका थिए ।

Must View