नागरिक पोष्ट News


पर्यटक पर्खाइमा हिले डाँडा, पाँचथर – फाँटिलो चौर, केही थुम्का

2.9K

पाँचथर – फाँटिलो चौर, केही थुम्का । केही तल निलो पोखरी । डाँडाबाट देखिने कुम्भकर्ण र कञ्चनजंघा हिमालको दृष्यले जो कोहीको पनि मन लोभ्याउँछ । यो स्थान पाँचथरको मिक्लाजुङ–१ र २ मा पर्ने हिले डाँडा हो ।मेची राजमार्गमा रहेको राँके बजारबाट करिब २० किमि टाढा रहेको यो डाँडा प्रचारप्रसारको अभावमा गुमनाम रहेको छ । स्थानीय स्तरमा वनभोजको लागि चर्चित यो स्थान प्रचारको अभावमा गुमनाम छ ।

मिक्लाजुङ २ सप्तमी बजारको शिरमा रहेको हिले डाँडाबाट नजिकका छिमेकी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा संखुवासभा लगायतका धेरै जिल्लाहरु देख्न सकिन्छ । सप्तमी बजारमा हावाबाट बिजुली निकाली हावाको बिजुली प्रयोग गरिएको छ ।स्थानीय स्तरमा यसको चर्चा व्यापक भए पनि बाहिर यसको चर्चा हुन नसकेको स्थानीय पबिन माखिले जानकारी दिए ।हिले डाँडा मेची राजमार्गमा पर्ने राँकेबाट करिब १ घन्टामा पुग्न सकिन्छ । यहाँ हिउँदमा साना ठूला जुनै सवारी साधन प्रयोग गरेर पुग्न सकिन्छ । नजिकै सप्तमी बजार, रबि बजार लगायतका बजारहरु रहेकाले बस्नको लागि पनि उपयुक्त छ ।

Must View