नागरिक पोष्ट News


Salute ! ROJI ७३ वर्षे रोजी लण्डनबाट दौडेरै नेपाल आउदैछिन्, सहयोग गर्नकै लागि (तस्वीर सहित )

2.4K

बेलायतकी एक ७३ वर्षे धाविका कम्मरमा ट्रलीको डोरी बाधेर ट्रली तान्दै दौडदै नेपाल आउदैछिन् । लण्डनबाट हिडेकी रोजी स्वेल पोप दैनिक २० किलोमिटर दौडदै टर्कीको स्तानबुल आईपुगेकि छन् ।उनी आईतबार ईस्तानबुल आईपुगेकी थिईन् । उनी जर्जिया हुदै नेपालको राजधानी काठमाण्डौं आईपुग्ने छिन् । सन् २०१८ मा रन रोजी रन अभियान अन्तर्गत अमेरीका भरी दौडिसकेकी उनी यो अभियान मार्फत नेपालमा भूकम्प पीडितलाई सहयोग गर्न चाहन्छिन् । उनले १२ देशमा दौडिसकेको बताएकी छन् । उनी भन्छिन् म कहाँ बस्छु, कहाँ सुत्छु थाहा छैन, कहिले गल्लीमा, कहिले मैदानमा, अरु बेला नभेटिने मानिसहरुसगँ भेट्छु । काठमाण्डौं लण्डनको १० हजार किलो मिटर भन्दा बढी दुरी उनी कहिले हिडेर आईपुग्ने हुन् ? उनले यस अभियानमा संकलित रकम नेपालमा भूकम्प पीडितको लागि सहयोग गर्ने जनाएकी छन् ।

-http://www.mirmireonline.com/

 

     

Must View