नागरिक पोष्ट News


७२ वर्षे पठाओ ‘राइडर’ मंगलमान महर्जनको जीवन बदल्ने रियल स्टोरी, एकपटक पढ्नैपर्ने

3.5K

मंगलमानले १७ वर्ष ट्रक चलाए । दुई वर्ष नाइट बस । त्यसपछि सर्वोच्चमा प्रधानन्यायाधीशको गाडी चलाउने जागिर थाले । ‘करारमै भए पनि जागिर थियो, तर हाकिमनीले आफैंले पालेजस्तो, आफ्नै पैसा दिएजस्तो किचकिच गर्न थालिन् । त्यसपछि जागिर छोडिदिएँ’, ।

७२ वर्षे पठाओ ‘राइडर’
  • विश्वास खड्काथोकी

त्यसपछिका तीनवर्ष आफ्नै ट्याक्सी चलाए ।  ट्याक्सी बेचे । एक महिना यत्तिकै हल्लिए । 

रङ पसलमा काम गरे । एक दिन ट्राफिकले गाडी समायो । पाँच सय रुपैयाँको चिट काट्नुपर्ने ।

त्यसपछि मंगलमानले डाक्टरको गाडी चलाउन थाले । एकदिन डाक्टरको अँध्यारो मुख देखेपछि अर्को दिनदेखि मंगलमानले जागिर छाडे । मंगलमानको प्रतिप्रश्न, ‘मालिकको अँध्यारो मुख भएपछि मैले काम गर्नुको के अर्थ ?’

‘जागिर छोडेर तीन दिन सुतेपछि शरीर दुख्न थाल्यो । छट्पटी भयो । घरमा भनें– होइन, पठाओ पो दर्ता गर्न जानुपर्‍यो क्यारे ! यसरी पठाओ चलाएपछि दुई–चार पैसा गोजीमा पनि हुने, शरीर पनि नदुख्ने । यी, यतिबेला घरमा आयो । खायो । राति झ्याप्प निद्रा लाग्छ । आनन्द ! पाँच महिना हुँदैछ पठाओ चलाउन थालेको’, मंगलमानले भने ।

 साभार अंश : अनलाइनखबर

Must View